मंसिर १४ गते उदयपुरकाे घुर्मीमा विराेध सभा गरिने

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आगामी मंसिर १४ गते उदयपुरकाे घुर्मीमा विराेध सभा गर्ने तयारी गरेकाे छ ।

काेशी प्रदेश नाम खारेजका लागि आन्दाेलन गरिरहेकाे समितिले नाम खारेजीका लागि दबाब दिने उदेश्यले घुर्मीमा विराेधसभा गर्न लागेकाे हाे ।

समितिले पश्चिममा उदयपुरको घुर्मी बजारदेखि पूर्वमा चिवाभञ्ज्याङसम्म पहिचान जागरण अभियान सञ्चालन गर्ने जनाएकाे छ ।

विराेध सभामा समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिम, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन वक्ता रहने छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्