पहिचानवादीहरुको शक्ति पुगेपछि प्रहरी प्रशासनले विपिन कङ्लिवा र आनन्द कङ्लिवा लिम्बुलाई रिहा गरेको छ ।
नेकपा एमालेका नेता योगेश भट्टराईलाई कालो झन्डा देखाएको तथा उनको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले गत मंसिर १० गते ताप्लेजुङस्थित पाथीभरा यङ्वरक गाउँपालिका–३ का विपिन र आनन्दलाई पक्राउ गरेको थियो ।
आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गरेपछि प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर १२ गते मेची राजमार्ग ठप्प पारेको थियो ।
समितिले दोस्रो दिन पनि राजमार्ग बन्द गरेको थियो । सोही दिन बेलुकी प्रहरीले दुवैलाई रिहा गरेको हो ।
समितिले एमाले अध्यक्ष केपी ओली, सचिव योगेश भट्टराई र महेश बस्नेतसहित कोशी प्रदेश नाममा मतदान गर्ने ८२ जना सांसदहरुलाई सार्वजनिक कार्यक्रममा कालो झन्डा देखाउने पहिल्यै घोषणा गरेको थियो ।