रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संघीयताको विपक्षमा उभिएको छ ।
यसै साता सकिएको रास्वपाको बैठकमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
जसमा संघीयताको विकल्प खोज्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा लेखिएको छ, ‘अहिलेको प्रदेश संरचनाले हामीलाई कही लैजाँदैन । त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको छ । यसको विकल्प सोच्न एकछिन पनि ढिला गर्नुहुन्न ।’
२०७९ मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले संघीयतालाई अस्वीकार गर्दै प्रतिनिधिसभाको लागि मात्रै उम्मेदवार खडा गरेको थियो ।
जसबाट रास्वपा संघीय संसदको चौथो ठुलो दल बन्न पुग्यो ।
हाल रास्वपाले २०८४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि मिसन ०८४ अभियान सुरु गरिसकेको छ ।
पूर्व टेलिभिजन प्रस्तोता समेत रहेका लामिछानेले अब हुने निर्वाचनमा दुई तिहाइ ल्याउने दाबी गरेका छन् ।