आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरी झुटो मुद्दा लगाएको विरोधमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर ३० देखि पुस १ गतेसम्म कोशी प्रदेशभरि यातायात बन्द घोषणा गरेको छ ।
संघर्ष समितिले हिजो एक प्रेस विज्ञप्ति जारी गरी मंसिर ३० देखि पुस १ गतेसम्म यातायात बन्द गर्ने र सो अवधिमा पनि पूर्वमन्त्री गोपाल किरातीसहितका नेता तथा कार्यकर्ताहरुलाई रिहाइ नगरे अनिश्चितकालीन बन्द गर्ने जनाएको हो ।
संघर्ष समितिले पूर्व घोषित घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरण यथावत रहने जनाएको छ ।