आचार्य बन्धु समाजकाे मधेश प्रदेश अध्यक्षमा लिलामणि आचार्य

आचार्य बन्धु समाज नेपालकाे मधेश प्रदेश अध्यक्षमा लिलामणि आचार्य निर्बाचित भएका छन्  ।

उपाध्यक्षमा बसन्तकुमार आचार्य, सचिवमा सन्तोष आचार्य, सहसचिव तारानाथ आचार्य, कोषाध्यक्ष खड्प्रसाद आचार्य निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा रमेशप्रसाद आचार्य, रमेश आचार्य, उत्तमकुमार आचार्य, प्रदीप आचार्य, प्रकाशचन्द्र आचार्य, सुनिता आचार्य, नर्बदा आचार्य, जीवन आचार्य छन् ।

कौण्डिन्य महामाजका केन्द्रीय उपाध्यक्ष एवम् आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न मधेस प्रदेशककाे प्रथम भेलामा कोषाध्यक्ष नारायन न्यौपानेलगायत बिशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मधेश प्रदेशका ८ जिल्लाका उल्लेख्य काैण्डिन्य गोत्रीय आचार्यहरुको उपस्थिति थियो ।

मधेश प्रदेशको बर्दिबासको उद्योग बाणिज्य महासंघको हलमा सम्पन्न प्रथम अधिवेशन संविधानसभाका सभासद शोभाकर पराजुली, पराजुली समाज नेपालका केन्द्रीय अध्यक्ष बिश्वम्भरकृष्ण पराजुली, महासचिव जयराम पराजुलीलगयातको बिशिष्ट आतिथ्यता रहेको थियो ।

गत माघ १३ गते भएको मधेश अधिवेशनपश्चात आचार्य समाजका सातै प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत मधेश प्रदेश गठन गरिएको महासचिव शुभनराज आचार्यले जानकारी दिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्