खोटाङका युवाहरु जसपामा प्रवेश

पहिचान पक्षधरहरुसँग मिलेरै जानेः अध्यक्ष राई

खोटाङका कांग्रेस तथा माओवादी निकट युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

आज सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा पार्टी अध्यक्ष अशोक राईले खादा लगाएर हलेसी तुवाचुङ नगरपालिकाका युवाहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा तुलाचन राई (कबिन), होमराज राई, टार्जन राई, मनोज राई (हलेसी तुवाचुङ– ७), प्रदिप राई र मनोज राई (झापा) छन् ।

जसपा खोटाङ जिल्ला सदस्य भुवन राईको पहलमा उनीहरु जसपामा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशपछि अध्यक्ष राईले नेपालीहरु सबैले सबैको पहिचानको लागि आपसी सद्भाव र सम्मान कायम राखेर राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने बताए ।

उनले हाल ‘ग्लोबलाइजेशन’का कारण आदिवासी जनजाति, मधेसी र खसहरुको मात्रै नभएर राज्य चलाउनेहरुकै पहिचान पनि संकटमा परिरहेको औंल्याए ।

उनले जसपा विगतमा पनि र अहिले पनि पहिचान पक्षधर हौं भन्नेहरु सबैसँग मिलेरै काम गर्ने सोचाइमा रहेको प्रष्ट पारे ।

उनले भने, ‘जसपाले पहिचान पक्षधर हौं भन्ने सबैसँग मिलेर काम गर्ने सोचाइ विगतमा पनि लिएको थियो, अहिले पनि लिएको छ । र, यो पार्टीको नीतिहरु, विचारहरु, सिद्धान्तहरु मन पराएर आउने जो कसैलाई पनि हामी हार्दिक स्वागत गर्छौं । आज यहाँहरु आउनुभो, यहाँहरुलाई पार्टीमा हार्दिक स्वागत छ ।’

अध्यक्ष राईले अहिले जनतालाई कुरा बुझाउन नसकेकोले आफूहरु अलिकति कमजोर अवस्थामा रहेको बताए ।

उनले भने, ‘तर जुन दिन हामीले जनतालाई पर्याप्त मात्रामा कुरा बुझाउन सक्छौं, त्यो दिन मुलुकमा सबै जातिहरु मिलेर बस्ने, सद्भावपूर्वक सहअस्तित्वमा बस्ने, सबैले राज्यमा बराबरीको हैसियत प्राप्त गर्ने र मुलुकको बिकासमा सबैको योगदान बराबारी रहने अवस्था सिर्जना हुन्छ ।’

खोटाङ–काठमाडौं सम्पर्क समितिका सचिव चन्द्रश्याम राईले सञ्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, केन्द्रीय सदस्य भीम राई, संघीय परिषद् सदस्य राकेश राई, नेताहरु अशोक दुमी राई, दिलबहादुर राई, विजय राई, समाजवादी ट्रेड युनियन महासंघका महासचिव दयाराम राई, सहकोषाध्यक्ष कीर्तिमान मगर, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष प्रकाश चाम्लिङ, पत्रकार विजय चाम्लिङ लगायत सहभागी थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्