‘केबलकार खारेजी नै वार्ताको बटमलाइन’

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले वार्ताको बटमलाइन केबलकार खारेजी नै रहेको प्रष्ट पारेका छन् ।

अन्यथा, आन्दोलन पुनः अघि बढ्ने चेतावनी उनले दिएका छन् ।

सरकार र मुक्कुमलुङ (पाथीभरा) आन्दोलनकारीबिच गत माघ २२ गते ६ बुँदे सहमति भएको थियो ।

सहमतिअनुसार सरकारले केबलकार स्टेशन निर्माण कार्य रोक्ने, आन्दोलनकारीले अनिश्चितकालीन बन्द स्थगित गर्ने तथा दोस्रो चरणको वार्ता माघ २७ गते गर्ने सम्झौता भएको थियो ।

अध्यक्ष येक्तेनले सामाजिक सञ्जालमार्फत् २२ गतेको वार्ता केवल संवादको वातावरण निर्माणका लागि मात्र भएको बताएका छन् ।

साथै, उनले माघ २७ गतेको वार्ता मन्त्रीस्तरीय समितिसँग मात्र सम्भव हुने बताएका छन् ।

सरकारले गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

माघ २२ गतेको सहमति-पत्रमा सरकारका तर्फबाट सह-सचिव भट्टराई र आन्दोलनकारी तर्फबाट सरस्वती सिंगक (सरु) ले हस्ताक्षर गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्