जेनजी अगुवाहरूले भने– मुक्कुमलुङमा नो केबलकार

‘द काउन्सिल अफ जेनजी नेपाल’ले लिम्बू याक्थुङ समुदायको मुन्दुमी स्थल मुक्कुमलुङ अतिक्रमण गरी केबलकार निर्माण कार्य अघि बढाइएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।

काउन्सिलका प्रदेश नं १ (कोशी) का चौधवटै जिल्लाका संयोजकहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै ताप्लेजुङकाे मुक्कुमलुम (पाथीभरा)मा केबलकार निर्माण कार्य तत्काल रोक्न सरकारसँग माग गरेका हुन्।

उनीहरूले केबलकार निर्माणका लागि त्यस क्षेत्रका राष्ट्रिय फूल लालीगुराँससहितका रुख काटिनुका साथै जल–थलको क्षति भएकोमा आईएमई ग्रुपका चन्द्र ढकालमार्फत क्षतिपूर्ति भराउनुपर्ने, मुक्कुमलुङ आन्दोलनमा घाइते तथा अंगभंग भएकाहरूको उपचार र रोजगारीको व्यवस्था गर्नुपर्ने, आन्दोलनकारीहरूमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिनुपर्ने लगायत आठबुँदे माग राखेका छन्।

प्रेस विज्ञप्ति

हाम्रा फेसबुक रिलहरू पनि हेर्नुहाेस्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img