काठमाडाैं। केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्हरूले बताएका छन्।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजको तुलनामा भोलिदेखि मौसममा थप सुधार हुने सम्भावना रहेको छ।
उहाँका अनुसार पछिल्ला दिनमा उच्च चापीय प्रणालीको प्रभावका कारण तुवाँलो देखिएको हो। तर यो प्रणाली क्रमशः कमजोर हुँदै जाँदा तुवाँलो पनि हट्दै जाने अनुमान गरिएको छ।
हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज केही स्थानमा हल्का वर्षा पनि भएको छ।
