नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदाै महिनाभित्रै पार्टीको महाधिवेशन हुने प्रष्ट पारेका छन् ।
उनले हिजाे एक प्रेस विज्ञप्ति निकालेर महाधिवेशन हुँदैन भनेर कसैले पनि अभिव्यक्ति नदिन आग्रह समेत गरेका छन् ।
उनले कोरोना महामारीकाे विचमा पनि पार्टीको चौधौं महाधिवेशन आगामी भदाै महिनाभित्र सम्पन्न हुने उल्लेख गरेका छन् ।
उनले असार र साउन महिनाभित्र निर्वाचनको पूर्व तयारी गर्नुपर्ने बताउँदै पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर महत्वपूर्ण कुरा भएको आफुले राम्ररी बुझेको समेत बताएका छन् ।