याे संसारकाे प्राचीन मानव सभ्यताको विकास सँगसँगै संसारमा विज्ञान र धर्मकाे अस्तित्व हुनुभन्दा अगाडिदेखि नै जंगली युग/शिकारी युग/कृषि युगमा हाम्रा पुर्खाहरुले प्राकृतिक जीवन पद्धति अपनाउँदै आइरहेका थिए । त्यसरी पुर्खाहरुले प्रकृतिसँग नजिक रहेर जीवनयापन गर्दै जाँदा विभिन्न दुख् बिमार भयाे । सुरुवातमा दुख् बिमार किन भयाे ? भन्ने कुरा थाहा भएन । हाम्रा पुर्खाहरुले दुख् बिमारका कारणहरु क्रमशः खोज्दै गए । विभिन्न ओखती, औषधी र उपचार विधिहरुको खोजी हुन थाल्यो । सोही क्रममा किराती पुर्खाहरुले याे भौतिक संसारभन्दा अर्को संसार पनि छ, त्यो हो (Spiritual World) भनेर नछुङ माङ्पा/धामी/झाक्री (Shamanism)
किरात राईहरुको मुन्दुमअनुसार नछुङ/माङ्पा धामी बिजुवाको उत्पति कसरी भयो ? भन्ने विभिन्न प्रसंग र मिथकहरु मुन्दुममा पाइन्छ । किरात राईहरुको मुन्दुम अनुसार पारुहाङ मुन्दुमी विधामा पोख्त थिए र पारुहाङले नै सुम्निमालाई मुन्दुमी विधा सिकाए । पारुहाङले बिरामी परेकाे मानिसहरुलाई आफ्नो मुन्दुमी विधाले निको पार्दथे । सुम्निमाले मुन्दुमी शक्ति दुरुपयोग गरिन् । पारुहाङ र सुम्निमा बिचमा मुन्दुमी शक्तिमा प्रतिस्पर्धा भएकाे मिथकहरु पाइन्छ । त्यस्तै सुम्निमाको र पारुहाङको छोरा होङ्छा र नागराज डिल्लिहँ र नाकिमाको छोरी सिकुरीमा बिचमा विवाह भएपश्चात हेन्खामाको मनुस्यलोकमा मानिसहरु दुख् बिमार भएपछि नागराजले नछुङ र माङ्पाहरु दुख् बिमार हटाउन पठाएको मुन्दुमी मिथकहरुमा पाइन्छ ।
यो नछुङवाद/माङ्पावाद/फेदाङ्मावाद संस्कृति भनेको प्रकृतिसँग नजिक रहने जीवन पद्धति हो । यो प्रकृतिसँग नजिक रहने यस्तो प्राकृतिक जीवन पद्धतिमा नै आनन्द शान्ति र खुशी प्राप्त हुन्छ । यो प्राकृतिक जीवन पद्धतिमा नै जीवनको वास्तविकता प्राप्त गर्न सकिनेछ । यो संसारको अधिकांश प्राचीन मानव सभ्यताहरुमा नछुङ/माङ्पा/बिजुवा/धामी/झाक्री संस्कृति विद्यमान थियो । एक अमेरिकी Anthropologist Michael Harner PHD Co-Founder Foundation for Shamanic Studies, त्यस्तै Anthropologist William Lyon Author of Spirit talker, Professor Joseph John Campbell र Phil Borges जस्ता अध्येताहरुले समेत संसारको धामी/झाक्री/नछुङ/माङ्

यो तस्बिरमा किरात समाज समुदायको पछिल्लो युवा पुस्ताको सांस्कृतिक अगुवा एक कुलको (मुन्दुमी नछुङ्मा) प्रतिका चाम्लिङ राई (आपाको पाछा निनाम्बुङ्छा) हुनुहुन्छ । वहाँको जन्मथलो सुनसरीकाे धरान हो । हाल वहाँ UK London मा बसोबास गर्दै आइरहनुभएको छ । वहाँको आफ्नै आमा गीता राई पनि एक मुन्दुमी नछुङ्मा नै हुनुहुन्छ । वहाँको जन्मथलो भोजपुरकाे खावा हो । र, हाल सुनसरीस्थित धरानमा बसोबास गर्दै धरान १७ बाट साकेला नछुङ्माकाे कर्तव्य निभाउँदै आइरहनुभएको छ ।

किराती समुदायमा हजारौ वर्ष अघिदेखि हाम्रो किराती पुर्खाहरुले जोगाएर ल्याएको मुन्दुमी ज्ञान/संस्कृति जान्ने, सांस्कृतिक अगुवाहरु (नछुङ/नाक्छो/माङ्पा/मुन्दुमी/
किनभने हाम्रो नेपाली समाज तीब्र रुपमा Westernisation पश्चिमाकरण हुँदै गइरहेको छ । नेपाली समाज पश्चिमाहरुको धर्म संस्कृति, विचार, दर्शन र पश्चिमाहरुको सामाजिक सांस्कृतिक मूल्य र मान्यताको प्रभाव बढिरहेको छ । त्यसैले किरात समुदायको पछिल्लो युवापुस्ताहरु आधुनिकताको नाममा पश्चिमा जीवन पद्धतिमा रमाउने, आजको विज्ञान प्रविधिको युगको नाममा पुर्खाहरुको मौलिकतालाई लात मार्ने, उच्च शिक्षा हासिल गरेका या आफूलाई शिक्षित भएको भ्रममा परेर सहर केन्द्रित या युरोप-अमेरिकाको रहनसहन जीवनशैली/पश्चिमा सामाजिक/सांस्कृतिक मुल्य मान्यताको प्रभावमा परेर हजारौ वर्षअघि देखिको किराती पुर्खाहरुले जोगाएर ल्याएको हाम्रो मौलिक मुन्दुमी संस्कृति प्रति नकारात्मक दृष्टिकोण/हेला-हिंसा र छिछि दुरदुर गर्ने प्रवृत्ति पनि बढिरहेको छ । यो निकै दुःखलाग्दो कुरा हो ।

तर (मुन्दुमी नछुङ्मा प्रतिका राई) किरात समाज/समुदायको पछिल्लो युवा पुस्ताहरुको निमित्त एउटा यस्तो प्रेरणादायी व्यक्तित्व या उदाहरणीय पात्र हुनुहुन्छ कि वहाँलाई न धरानजस्तो सहरमा जन्मिएर हुर्किएर र युकेजस्तो आधुनिक विकसित देश युरोप अमेरिकाको आधुनिक जीवनशैलीमा जीवन बिताइरहेको एक युवा पुस्ताको किरातीनी भएर पनि वहाँलाई आफनो किराती पुर्खाहरुले हजारौ वर्षअघि देखि जोगाएर ल्याएको मुन्दुमी नछुङ्मा उत्रिने, मुन्दुमी ज्ञान सिक्ने, आफ्नै नछुङ्मा आमाबाट सम्पुर्ण मुन्दुमी ज्ञानहरु पुस्ता हस्तान्तरण गर्नको लागि यस्ता कुनै कुराले पनि छेक्न रोक्न सकेन ।

मुन्दुमी नछुङ्मा प्रतिका राई धरान सुनसरीमा जन्मिनु भयो । वहालाई सानो उमेरमा नै किरात सांस्कृतिक अगुवा (मुन्दुमी नछुङमा) हुनको लागि (माङ) कुलले चाहेर वहाँलाई (मुन्दुमी नछुङमा) उत्रिने शक्ति (माङ कुलपितृले) आशीर्वाद दिनुभयो । तर वहाँलाई (माङ) कुल पितृहरुले नछुङ्मा उत्रिने आशीर्वाद दिएको संङ्केत पाए पनि ठुलो बयस्क उमेरको भएपछिको पश्चिमाकरण भएको नेपाली समाजको पश्चिमी आँखाबाट नछुङ माङ्पा धामी-बिजुवाप्रति हेर्ने नकारात्मक दृष्टिकोण र अविश्वासको कारणले लाज लागेर लुकाउने, नछुङ्मा नबन्ने भनेर वास्ता नगर्ने, सकेसम्म नछुङ्मा नबन्ने प्रयास गर्नुभयो । तर माङले दिएको पवित्र मुन्दुमी ज्ञान नछुङ्मा उत्रिने आशीर्वाद अस्विकार गर्दा वहाँ धेरै बिरामी पर्नुभयो । बेला बेलामा होस हराउने, रोइ कराउने, सपनामा देख्ने जस्ता बिरामी परेर सार्है दुःख पाउनुभायाे । अन्त्यमा आफनो माङ कुलपितृको आशीर्वादलाई सिरोपर गर्दै कुलको नछुङ्मा उत्रिने निर्णयमा पुग्नुभयो । माङको आशीर्वादलाई सिरोपर गरेर नछुङ्मा उत्रिने भएपछि वहाँलाई बिराम हुने होस् गुमाउने रुने कराउने जस्ता पहिलाको दुःख पाउने बिरामहरु क्रमशः ठिक हुँदै गयो । अहिले नछुङमा बनेपछि वहाँलाई जीवनमा हरेक कुरामा शान्ति र राम्रो हुँदै गइरहेको छ । अहिले वहाँ आफ्नाे पिता पुर्खा माङ कुलपितृले दिएको आशीर्वादलाई सहर्ष स्विकार गर्दै मुन्दुमी ज्ञानहरु क्रमशः सिक्दै गइरहनुभएको छ । आज वहाँ आफ्नै माङ कुलको (नछुङ्मा)भएर, आफ्नै आमा नछुङमाबाट मुन्दुमी ज्ञान र शक्ति लिँदै र सम्पूर्ण नछुङमाको मुन्दुमी ज्ञानहरु सिक्दै जानुहुँदैछ । माङ कुल पितृको आशीर्वादले सम्पूर्ण मुन्दुमी ज्ञान शक्तिहरु आर्जन गर्दै नछुङ्मा बनेपछि मुन्दुमी (नछुङ्मा प्रतिका राई) हाल रोजगारको शिलशिलामा युकेस्थित लण्डनमा बसोबास गर्दै आए पनि समय समयमा नेपाल गइरहनुहुन्छ ।

एक (मुन्दुमी नछुङ्माको) रुपमा किरातीहरुको मौलिक मुन्दुमी संस्कृति अनुसार घरचिन्ता बस्ने, ग्रहदशा काट्ने, आफ्नै घरको माङ पितृ पुजा गर्ने र आफ्नो-आफन्तको घरमा समेत यारी हेर्ने, चिन्ता बस्ने कर्तव्य निर्वाह गर्दै आइरहनुभएको छ । वहाँलाई अहिलेसम्म मृत्यु संस्कार गर्ने मृतकको आत्मालाई बाटो लगाउने, सेहे मार्ने लिसो खेलाउने जस्ता मुन्दुमी ज्ञान/शक्तिको क्षेत्राधिकार प्राप्त भइसकेको छैन । तर वहाँलाई काउलो खेलाउने मुन्दुमी ज्ञान या शक्ति भने प्राप्त भइसकेको छ । वहाँ क्रमशः मुन्दुमी नछुङमा आमाबाट ज्ञान आर्जन गर्दै जाँदै हुनुहुन्छ । तथापि वहाँको आफ्नाे आमा नछुङमा गीता राईले भने आफ्नाे आफन्तको घरमा जन्मदेखि मृत्युसम्म गरिने नछुङमाले गर्ने घरचिन्ता, मृतकको आत्मालाई बाटो लगाउने, लिसो काउलो खेलाउने सम्पुर्ण मुन्दुमी संस्कार संस्कृति सम्पन्न गर्ने कामहरु गर्दै आइरहनुभएको छ । पुरानो पुस्ताको एक शक्तिशाली मुन्दुमी नछुङ्माको रुपमा नछुङमा गीता राईले पनि आफ्नाे माङको आशीर्वादले पाएको मुन्दुमी ज्ञानहरु आफ्नै छोरीलाई पुस्ता हस्तान्तरण गरेर किरात समाज समुदायको एक प्रेरणादायी व्यक्तित्वको उदाहरण बनिसक्नुभएको छ । किराती समाज समुदायको सम्पूर्ण नछुङ माङ्पाहरुले पनि आफ्नो मुन्दुमी ज्ञानहरु युवा पुस्तालाई नभन्ने/नसुनाउने/लुकाउने जस्ता कामहरु बन्द गर्नुपर्दछ । सम्पूर्ण नछुङ माङ्पाहरुले पनि नछुङमा गीता राईले जस्तै पछिल्लो युवा पुस्तालाई मुन्दुमी ज्ञानहरु सिकाउने, पुस्ता हस्तान्तरण गर्ने जस्ता महत्वपूर्ण कामहरु गर्न आवश्यक छ ।

आज (मुन्दुमी नछुङमा प्रतिका राई) किराती समाज/समुदायको विशेषत पछिल्लो युवा पुस्ताहरुको निमित्त एक प्रेरणाको स्राेत या उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । वहाँ धरान जस्तो नेपालको एक आधुनिक सहरमा जन्मनुभयो र रोजगारीको शिलशिलामा UK जस्तो आधुनिक बिकसित देशमा बस्दै युरोप अमेरिकाको जीवनशैलीमा रहेर पनि आफनो किराती पुर्खाहरुको मौलिक संस्कृति र माङको आशीर्वाद लाई सिरोपर गर्दै मुन्दुमी ज्ञानहरु आर्जन गरेर एक कुलको नछुङमा उत्रिनु भयो । यो नेपाली समाजमा मुख्यतः युवा पुस्ताको किरातीहरुमा बढ्दो आधुनिकताको नाममा पश्चिमाहरुले लगाइदिएको धामी/बिजुवाप्रतिको अविश्वास र नकारात्मक दृष्टिकोणलाई चिरेर मौलिक संस्कृति मौलिक सामाजिक सांस्कृतिक मुल्य मान्यतालाई स्थापित गर्न एक कुलको मुन्दुमी नछुङमा उत्रिनुभयो । अहिले वहाँ आफू एक कुलको मुन्दुमी नछुङ्मा बनेकोमा गर्व गर्नुहुन्छ । आफ्नाे माङ कुलपितृले दिएको आशीर्वादलाई सिरोपर गर्दै हजारौ वर्षअघि देखि किराती पुर्खाहरुले जोगाएर ल्याएको मुन्दुमी ज्ञानहरु आर्जन गरेकोमा, मौलिक मुन्दुमी संस्कृतिलाई पुस्ता हस्तान्तरित गरेर एक मुन्दुमी नछुङ्मा बनेकोमा खुशी लाग्ने बताउनुहुन्छ ।

नेपाल भारत लगायत विभिन्न देश विदेशमा किरात समाज समुदायको भाषा, धर्म, संस्कृति, इतिहास, लिपि, मुन्दुमलाई संरक्षण प्रवर्द्धन गर्ने उद्देश्य लिएर विभिन्न किरात जन्य सामाजिक/सांस्कृतिक/भाषिक संघसंस्थाहरु रहेका छन् । तर हालसम्म किराती समाजको जन्मदेखि मृत्युसम्म मुन्दुमी संस्कार संस्कृति गर्न जान्ने सांस्कृतिक अगुवाहरुकाे संरक्षण प्रवर्द्धन गर्ने ठोस पहल काम गर्न सकिरहेको छैन । हाम्रो समाजको अग्रज पुरानो पुस्ताको सांस्कृतिक अगुवाहरु नछुङ माङ्पाहरुबाट मुन्दुमी ज्ञान सिक्ने युवा पुस्तालाई पुस्ता हस्तान्तरण गराउने अभियान सञ्चालन गर्न सकिएको छैन । यसरी पुरानो पुस्ताको मुन्दुमी नछुङ्मा गीता राईजस्ता अग्रज नछुङ माङ्पाहरुलाई नयाँ पुस्ताको नछुङ्मा प्रतिका राई जस्ता युवा पुस्ताहरुलाई मुन्दुमी ज्ञान हस्तान्तरण गरेकोमा समाजको तर्फबाट धन्यवाद/प्रशंसा सम्मान गर्ने कामहरु पनि गर्न सकिएको छैन । किराती समाजमा लोप हुँदै गइरहेको मुन्दुमी ज्ञान जानेका सांस्कृतिक अगुवा मुन्दुमी नछुङ माङ्पाहरुबाट मुन्दुमी ज्ञान आर्जन गरेर मुन्दुमी संस्कृतिलाई जगेर्ना गरेकोमा नयाँ युवा पुस्ताको मुन्दुमी नछुङ्मा प्रतिका राई जस्तालाई किरातजन्य संघसंस्थाले धन्यवाद दिने, प्रेरणा र हौसला बढाउने, सम्मान गर्ने कामहरु गर्न सकेको छैन । किरातजन्य संघसंस्थाहरुले नयाँ पुस्ताको मुन्दुमी नछुङ्मा प्रतिका राईलाई हौसला दिने, प्रेरणा दिने, मानसम्मान गर्ने कुरा त परै जाओस् किरात संघसंस्थाहरुले अझ उपेक्षा र बेवास्ता गरेको कुरा सुन्दा दुःख लाग्छ । हाम्रो किराती समाज समुदायको नेतृत्व गरिरहेका किरात संघसंस्थाहरु कति गैरजिम्मेवार छन् भन्ने कुरा स्पष्ट बुझ्न सकिन्छ ।
किराती समाज समुदायको मुन्दुमी ज्ञान जानेका, जन्मदेखि मृत्युसम्म गर्ने सम्पूर्ण मुन्दुमी संस्कार संस्कृति जानेका सांस्कृतिक अगुवाहरु पुरानो पुस्ताको नछुङ/नाक्छो/माङ्पा/मुन्दुमी/रि
स्राेतः Anthropologist Michael Harner PHD Co-Founder Foundation for Shamanic Studies, आर्टिकल ।
Anthropologist William Lyon Author of Spirit talker, Professor Joseph John Campbell र Phil Borges को रिसर्च बेस आर्टिकल डकुमेन्ट्रीहरु ।
मुन्दुमी नछुङ्मा प्रतिका राईसँगको कुराकानी इत्यादि ।

