दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिकाे माग

तत्कालीन प्रधानमन्त्री केपी ओलीले निष्क्रिय बनाएकाे उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिलाई अब सक्रिय बनाउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई अनुरोध गरिएकाे छ ।

जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य समेत रहेका श्रेष्ठलाई साेमबार जसपाका केन्द्रीय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामी नेतृत्वकाे टाेलीले मन्त्रालयमा भेटेर साे अनुराेध गरेकाे हाे ।

साे क्रममा मन्त्री श्रेष्ठ समक्ष पाँचबुँदे माग समेत राखिएकाे छ । टाेलीले नवनियुक्त मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै उक्त माग राखेकाे समितिका मुख्यसचिव डिबी नेपाली बताए ।

समितिले नेपाल सरकार अन्तर्गत रहेकाे उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समिति र राष्ट्रिय वादी समुदाय उत्थान विकास समितिलाई पुर्णता दिएर सक्रिय गराउनुपर्ने, शिल्पी/दलित समुदायको आर्थिक, सामाजिक र शैक्षिक विकासको लागि एउटा शक्तिशाली निकाय बनाउनुपर्ने, राज्यका विभिन्न निकाय तहमा राजनीतिक नियुक्ति हुँदा शिल्पी/दलित समुदायको सहभागिता सुनिश्चित हुनुपर्ने, शिल्पी/दलित समुदायको विभिन्न सवालहरु सम्बोधन गर्न बजेट बिनियोजन गर्न पहल गर्नुपर्ने लगायत माग राखेकाे हाे ।

समितिकाे मागप्रति मन्त्री श्रेष्ठले सकारात्मक रहेको बताएका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img