नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०९ पुगेको छ ।

यस्तै बुधबार २७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ११ हजार ६९० सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ९ हजार ५१ पीसीआर तथा ३ हजार ९८५ एन्टिजेन परीक्षण भएको छ ।