प्रदेश २ को नाम पहिचानको आधारमा ‘मधेस प्रदेश’ राख्न सफल भएको खुसियालीमा आज मधेस प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।
प्रदेश सभाको हिजो बसेको बैठकले दुई तिहाइ बहुमतको आधारमा प्रदेश २ को नाम मधेस प्रदेश र राजधानी जनकपुर पारित गरेको थियो ।
जसको खुसियालीमा मधेस प्रदेशमा सार्वजनिक विदा दिइएको हो ।
मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सार्वजनिक विदा दिइएको बारेमा सूचना निकालेको छ ।
प्रदेश २ को नाम मधेस प्रदेश राख्नका लागि जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टीका सांसदहरु र नेकपा एकीकृत समाजवादी र कांग्रेसका १६ जना सांसदहरुले फ्लाेर क्रस गरेका थिए ।
जस कारण दुई तिहाइ बहुमतले प्रदेशको नाम मधेस राख्न सफल भएको हो ।