नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ ।
शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आइतबार पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो ।
केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । अध्यक्ष ओलीसँगै उनकी श्रीमती राधिका शाक्यलाई पनि संक्रमण भएकाे छ ।
हाल उनीहरु बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
