पत्रकार एलबी विश्वकर्माको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन सिभिल अस्पतालले छानबिन समिति गठन गरेको छ ।
अस्पतालका आकस्मिक विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएकाे नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले जनाए ।
समितिमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर प्रमुख भेषबहादुर बस्नेत छन् ।
अस्पतालकाे लापरबाहीले पत्रकार विश्वकर्माकाे मृत्यु भएकाे भन्दै घटनाकाे छानबिन गरी दाेषीमाथि कारबाही गर्न पत्रकार महासंघ लगायत पत्रकारजन्य संस्था र पत्रकारहरुकाे माग गरेका थिए ।

