नेपालमा पछिल्लाे २४ घण्टामा थप १२ हजार ८ सय जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । ८ जनाकाे मृत्यु भएकाे छ ।
याेसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ६६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लाे २४ घण्टामा १८ हजार १०३ नमूनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लाे २४ घण्टामा ३ हजार ४० जना कोरोनामुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।
