बाहिर माओवाद भित्र खाओवाद : डा. बाबुराम भट्टराई

एमसीसीकाे विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो भूमिका खुलेपछि जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ‘बाहिर माओवाद भित्र खाओवाद’ भन्दै प्रचण्ड प्रवृत्तिकाे आलोचना गरेका छन् ।

उनले नेपाली राजनीतिले प्रचण्डकाे जस्तो पाखण्डी र दुई जिब्रे प्रवृत्तिबाट मुक्त नभएसम्म देश नबन्ने ठाेकुवा समेत गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले हिजाे ट्वीट गर्दै एमसीसीलाई गिजोलिँदै लगिएकोले परिणाम गम्भीर हुन सक्ने चेतावनी समेत दिएका छन् ।

बाहिर सार्वजनिक स्थलमा भाषण गर्दा एमसीसीको विरोध गर्ने प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी पास गर्ने पत्र अमेरिकालाई लेखेको खुलेपछि हाल उनको धोती खुस्किएको भन्दै आलोचना गरिएको छ ।

नेकपा एमालेका नेता महेश बस्नेतले प्रचण्डको यो राष्ट्रवादको धोती खुस्किएको टिप्पणी गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img