लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश नं १ को नाम ‘लिम्बुवान किरात’ राख्न माग गरेको छ ।
मंगलबार समितिका घटक संगठनका प्रतिनिधिहरुले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई भेटेर प्रदेशको नाम लिम्बुवान किरात राख्न माग गरेका हुन् ।
सो क्रममा मुख्यमन्त्री राईलाई एक ज्ञापन–पत्रसमेत बुझाइएको थियो । जसमा प्रदेश लिम्बुवान किरात प्रदेशका निम्ति आन्दोलन जारी रहेको उल्लेख छ ।
ज्ञापन–पत्र बुझाउने, जनपरिचालन समिति निर्माण गर्ने, तुम्याङ समिति गठन गर्ने, आर्थिक समिति गठन गर्ने, राजनीतिक पहल समिति गठन गर्ने, प्रचार प्रसार समिति गठन गर्ने लगायत आन्दोलन रहेको उल्लेख छ ।
समितिमा विभिन्न राजनीतिक दल र आदिवासी जनजातिजन्य संगठनका प्रतिनिधिहरु रहेका छन् ।




