नेपाली कांग्रेसले मंगलबार संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् ।
बैठक संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् ।



