पत्रकार तथा लेखक अरुण बरालले माओवादी केन्द्र ‘रामदेवको योग शिविरजस्तो’ भएको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी अनुमाेदनका लागि संघीय संसदमा पेस गर्ने निर्णय गरेपछि रातोपाटी डटकमका प्रधानसम्पादक समेत रहेका बरालले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले माओवादी केन्द्रका कार्यकर्ताहरु प्रचण्डको दास भएको संकेत गरेका हुन् ।
उनले लेखेका छन्, ‘माओवादी पार्टी रामदेवको योग शिविर जस्तो छ । प्रचण्डले बस् भन्दा सबै बस्छन् । लामो सास तान् भन्दा सबैले सास तान्छन् । सास रोक् भन्दा सबैले सास रोक्छन् । यस्तोबेला पनि प्रचण्डले पार्टीलाई रुढीवादीको आहालबाट बाहिर निकालेर हिडाउन सकेनन् भने उनी फेल भए भन्ने बुझे हुन्छ ।’
प्रचण्ड र माधवको सहमति पछि आज नै एमसीसी संसदमा पेस हुँदैछ । एमसीसी नेपालको हित विपरीत रहेको भन्दै अधिकांश नेपाली जनता विपक्षमा रहेको भए पनि सरकारले यसलाई अघि बढाउँदै छ ।