दलित समुदायबाट पहिलाे महिला सिडीओ बनिन् सीता परियार

सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सिडीओ) बन्ने नेपालकाे पहिलो दलित महिला बनेकी छन् ।

हाल परियारलाई गृह मन्त्रालयले हुम्लाकाे सिडीओ बनाएर पठाएको छ ।

दलित समुदायबाट यसअघि पुरुषहरु सिडीओ बनेका भए पनि महिला भने बनेका थिएनन् ।

कास्कीस्थित रुपा गाउँपालिका वडा नं ६ स्थायी घर भएकी उनी २०६८ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् ।

उनले निजामती सेवामा प्रवेश गरेकाे तीन वर्षपछि नै खुला प्रतियाेगिताबाट उपसचिवमा नाम निकालेकी थिइन् ।

उनी यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक सिडीओ थिइन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्