खोटाङको साकेला गाउँपालिकामा नेपाली कांग्रेसले संगठन विस्तार अभियान तीव्र बनाएको छ ।
स्थानीय तहको चुनावमा माओवादी केन्द्रले पालिका अध्यक्ष जितेको साकेलामा कांग्रेसले टोलटोलमा समिति गठन गरिरहेको छ ।
साकेला–४ का वडाअध्यक्ष तथा कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका अनुसार आज साकेला–२ रतन्छाको बुतेपामा सिताराम राईको सभापतित्वमा ३९ सदस्यीय टोल समिति गठन गरिएको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।
निर्वाचन घोषणासँगै खोटाङमा माओवादी केन्द्रकाे सबभन्दा बलियो संगठन रहेको भनिएको साकेला गाउँपालिकामा कांग्रेसले सक्रियता बढाएकाे हाे ।

