कपिलवस्तुकाे कृष्णानगर नगरपालिका-१२ नरैनापुर नजिक भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको ब्राेइलर कुखुराको चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेकाे छ ।

सशस्त्र प्रहरीले करिब एक लाख २० हजार रुपैयाँ बराबरकाे १५०० वटा ब्राेइलर कुखुराकाे अवैध चल्ला नष्ट गरेकाे हाे ।

विशेष सुराकीको अधारमा विओपी कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यकाे कमाण्डमा खटिएको टाेलीले उक्त चल्ला नियन्त्रणमा लिएर नष्ट गरेकाे हाे ।

चल्ला ल्याउँदै गरेका व्यक्ति भने भागेका छन् ।