पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
त्यसैगरी १२ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर चार हजार ६१ जनाको परीक्षण गर्दा कुल ३७ जनामा सङ्क्रमण देखिएको छ ।
२४ घण्टामा ३८२ जना डिस्चार्ज भएका छन्। विगत केही दिनयता कोरोनाले मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ ।
अहिले देशभर ३२ सय ४१ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
