सिन्धु एकता सेवा समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सिन्धु एकता सेवा समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

भक्तपुर रेडक्रसको सहयोगमा लिसंखुपाखर-५, ओख्रेनीमा संचालन भएको रक्तदान कार्यक्रममा १७ महिला र ४८ पुरुष गरी ६५ जनाले रक्तदान गरे ।

समाजका अध्यक्ष ओमराज लामा र सचिव कुमार लामाको नेतृत्वमा संचालन भएको रक्तदान कार्यक्रममा विभिन्न पार्टीका पार्टी प्रतिनिधि, व्यवसायी, पाल्पेश्वरी बहुउद्देश्यीय सहकारी संस्थालगायत विभिन्न संघसंस्थाहरु सयपत्री युवा क्लब मुडे, लिसंखुपाखर युथ क्लब र शिखर युवा क्लबका युवाहरुसमेत सहभागी भएर रक्तदान कार्यक्रम गरिएकाे हाे ।

पछिल्लो समय कोरोना महामारीका कारण रक्त अभाव भएपछि रक्तदान जीवन दान भन्ने भनाइलाइ चरितार्थ गर्न व्यवहारमै देखाउनुपर्ने भएकाले रक्तदान कार्यक्रम गरिएकाे अध्यक्ष लामाले बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img