जनता समाजवादी पार्टी नेपाल निकट दाेरम्बा शैलुङ गाउँपालिका-काठमाडाैं सम्पर्क मञ्च गठन गरिएकाे छ ।

जसपा दाेरम्बा गाउँपालिका समितिले हिजाे काठमाडाैंकाे बालाजुस्थित बाइसधारा पार्कमा आयोजना गरेकाे भेलाले हाेमबहादुर श्रेष्ठकाे अध्यक्षतामा २५ सदस्यीय सम्पर्क मञ्च गठन गरेकाे हाे ।

भेलाकाे अवसरमा माओवादी, एमाले र कांग्रेसका गरी १७ जना कार्यकर्ताहरु जसपामा प्रवेश गरेकाे विद्यार्थी नेता सराेज थापाले बताए ।

उनले आगामी वैशाख ३० हुने स्थानीय तहकाे निर्वाचनमा दाेरम्बा गाउँपालिकामा जसपाले जित्ने ठाेकुवा गरे ।