एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरस्थित बेदकाेट नगरपालिकाका मेयर अशाेक चन्द नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चन्दलाई आज पार्टीमा स्वागत गरेका छन् ।

मेयर चन्दसँगै बेदकोट नगरपालिकाका विभिन्न पाँच वटा वडाका वडाअध्यक्षहरु समेत एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरुमा एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशी लगायतका नेता पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img