सरकारले विभिन्न देशमा रिक्त रहेका २० जना राजदूत नियुक्तिका लागि सिफारिस गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले रिक्त रहेका २० देशमा राजदूत नियुक्ति सिफारिस गरेको हाे ।
जसमा जनता समाजवादी पार्टीबाट नवराज सुवेदी र डा. रामसोगरथ राय राजदूत सिफारिस भएका छन् । सुवेदी साउदी अरब र राय डेनमार्कका लागि राजदूत सिफारिस भएका हुन् ।

जसपाबाट मुख्यालयकाे बैठक बसी राजदूतका लागि सुवेदी र रायकाे नाम पठाइएकाे हाे । जसपा मुख्यालयमा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशाेक राई छन् ।
यी हुन् राजदूत सिफारिस भएकाः
विष्णुपुकार श्रेष्ठ, चीन
दानबहादुर तामाङ, दक्षिण अफ्रिका
शर्मिला पराजुली ढकाल, स्पेन
बासुदेव मिश्र, श्रीलंका
मिलन तुलाधर, रसिया
कैलाश पोखरेल, अस्ट्रेलिया
डिल्लीराज पौडेल, मलेसिया
शान्ता रिजाल, इजराइल
ज्योति प्याकुरेल, दक्षिण कोरिया
प्राडा रामसुरज राय यादव, डेनमार्क
नवराज सुवेदी, साउदी अरब
नरेश विक्रम ढकाल
घनश्याम भण्डारी
हरिशचन्द्र घिमिरे
डोरनाथ अर्याल
सुशीलकुमार लम्साल
भरतकुमार रेग्मी
निर्मलराज काफ्ले
दुर्गाबहादुर सुवेदी
तिर्थराज वाग्ले ।
सरकारले सिफारिस गरेका नामको संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
