राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भाँडमा जाने भाषण गरेर हामी मान्छौं ! के छ किरात धर्मको विकास गर्ने योजना उनीसँग ? के छ किरात भाषा र लिपिलाई विकास गर्न सक्छु भनेर प्रत्याभूति दिनसक्ने उसका आधारहरू ? जाबो दुई चारजना हिन्दुधर्मी र तानाशाही राजतन्त्रिक प्रणालीप्रेमी प्रायोजित हिन्दु लिङदेनहरूले भन्दैमा २१शौं शताब्दीको युवाहरू ऊ जस्तै फुर्के, बेबकुफ र प्रतिगामी बाटो प्रेमी बन्नेछन् भनेर नसोच्नु राम्रो हुनेछ ! एउटा मूलवासी/आदिवासी लिङदेनको अनुहार देखाएर स्वार्थपूर्ति गरौंला भन्ने षडयन्त्रकारीहरूले पनि देश र समाजलाई यथास्थितिमा राखेर देशलाई निरंकुशता र जनतालाई अन्धकार बनाउला भन्ने कुत्सित भावना नपाले हुन्छ ।
यो युगलाई तिमीले भन्दा हामीले बुझेका छौं । यो युगलाई तिमीले भन्दा हामीले स्वतन्त्र भोगेका छौं ! अब तिम्रो निरंकुश पिंजडामा बस्न कोही रमाउने छैन ! नक्कली हिन्दु लिङदेनलाई अगाडि लगाउँदैमा मूलवासी अलमलिएला, फस्ला र फेरि राजा र हामी हिन्दुहरू मिलेर जनता र व्यवस्थालाई त्यही प्रतिगामी बाटोमा पु¥याएर यी पछौटे जातिहरूलाई अरू पछाडि ठेलौंला भन्ने कुत्सित फोस्रा कल्पना वा दिवा सपनाहरूमा रमाउन छोड । के छ यत्तिका वर्षसम्म पछौटे बनाएका अविकसित मूलवासीहरूको लागि विकासको योजना ? के छ राज्यबाट विभेदमा पारिएका शिल्पीहरूको विकासको लागि योजना ? के छ हिन्दु धर्मको आधारमा लैंगिक विभेदमा पारिएका महिलाहरूको विकासको लागि योजना ? के छ हेपिएका मधेसीहरूको विकासको लागि बनाइएको योजना ? के छ सिमान्तकृत समुदायको विकासको लागि योजना ? त्यसै अन्ठ न सन्ठको राजनीतिक एजेण्डा हिन्दु राजा र हिन्दु धर्मको एजेण्डा बनाएर देश र जनताको आकांक्षालाई सम्बोधन गर्न सक्छ ?
एउटा धर्मको पक्षपोषण गर्ने राजनीतिलाई हामी राजनीतिको रूपमा स्विकार गर्न सक्दैनौं । त्यसलाई एउटा समाजिक संगठनका रूपमा स्विकार्न सकिन्छ तर राजनीतिक पार्टीको रूपमा स्विकार्न सकिन्न ।
आजको आधुनिक वैचारिक युगको लाखौं युवाहरूको आशा र अकांक्षाहरूलाई कमन्डलु बोकेर मागिखाँदै हिंड्ने जोगीहरूको हिन्दु धर्मले देशलाई मागिखानु र थापिखानु भन्दा केही सिकाएन । अब पनि सिकाउँदैन ! कारण यो हिन्दु धर्मको वास्तविक दर्शनले देश र नागरिकलाई रणभुल्लमा पारेको छ । यो धर्मको प्रतिपादकहरू नै निधारमा सेतोखरानी धस्ने ठूला जोगी ऋषिमुनिहरू थिए जोसँग गरिखाने सिप, ज्ञान र जाँगर थिएन । चन्दन घसेर धरोबेरेर कमण्डलु बोकी मागेरै खाएको देखियो, तिनका कथाहरू त्यस्तै सुनियो । र हामीले जान्दासम्म पुरेतहरूले खन्यो वा जोत्यो भने उनको हिन्दुधर्म मासिन्छ रे भनेर उनका क्षेत्री जजमानहरूलाई तर्साएर बाहुनका खेतबारी सबै क्षेत्रीहरूले जोतिदिएको पनि देखिएको थियो । यसरी क्षेत्रीहरूलाई धर्मको नाममा दलेको अन्याय गरेको पनि देखेकै हो ! भोग्नेलाई झन कस्तो होला । अब कृषि प्रधान देशमा बाहुनले जोत्दा, खन्दा धर्म मासिन्छ भनेर ठगेर खाने धर्मको प्रचार र डर देखाएर, हाम्रो जस्तो कृषि प्रधान देशको विकास र योजना कसरी बनाउन सकिन्छ ? जनतामा सामाजिक विभाजन पनि हिन्दु धर्मले ल्यायो । अहिले समाज टुक्रा–टुक्रा भएको अवस्था छ । र चेतनाका लहरहरू खुल्दै जाँदा अहिले ठूलो र सानो जात भन्नेहरू विरुद्धमा मानव समानताको आवाजहरू बुलन्द बन्दैछन् । र हिन्दु धर्मावलम्बीहरू आत्तिएको बेला छ । एउटा जाबो लुते मूलवासी लिङदेनलाई फेरि राजनीतिक मूल हली बनाउन भ्याएछ षडयन्त्रकारीहरूले, लिङदेनलाई पनि यस विषयमा अलिकति पनि लघुताभाष देखिएन ।
मूलवासी/अदिवासीहरू, महिला, मधेसी, शिल्पी समुदाय, खसक्षेत्रीहरू र वैचारिक हिसाबले माथि उठेका विश्वलाई बुझेका र वर्गीय विभेदमा परेका बाहुन समुदाय पनि लिङदेनको गतिविधि लज्जास्पद ठानिरहेका छन् । हिन्दु धर्म फरक विषय हो । तर राजतन्त्रकै वकालत गर्ने र राजनीतिक अभिष्ट शिद्ध गर्ने लिङदेनहरूको हरकत निन्दनीय छ । तत्कालिन समयमै हो सारा आदिवासीहरूको भाषा बोल्न नपाउने बनाइयो । लिपि खोसियो । मुन्धुम बर्जित गरियो । चाडबाड मनाउन दिइएन । धर्म मनाउन दिइएन । उनको चाडमात्र मनाउने हुकुम दिइयो । त्यही चाडबाडमा मात्र सार्वजनिक विदा दिने गरियो । क्यालेन्डरमा त्यही चाडमात्रले भरिदैआएको छ । मानव जातिलाई ठूलो सानो छुटाइरहने धर्मको काँध चढेर कहिलेसम्म पाखण्डीपनको राजनीति गर्ने हो लिङदेनजी ?
बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक संघीय लोकतान्त्रिक मुलुकलाई फेरि पछाडि फर्काउने सपनालाई सधैंका निम्ति त्यागेर आऊ । मुन्धुमले त्यो विभेद कहिल्यै गर्दैन । एउटा धर्मको पक्षपोषण गर्ने राजनीतिलाई हामी राजनीतिको रूपमा स्विकार गर्न सक्दैनौं । त्यसलाई एउटा समाजिक संगठनका रूपमा स्विकार्न सकिन्छ तर राजनीतिक पार्टीको रूपमा स्विकार्न सकिन्न । हाम्रो पार्टी जनता समाजवादी पार्टीको सिद्धात छ कि मुलुकको सबै नेपाली जनताले मान्दैआएको, सबै धर्म समान हुनु पर्छ । सबै मानव समान हुन् । सबै भाषा समान हुन् । सबै चाडबाड समान हुन् ।
धर्मान्धताले गरिएको यो राप्रपा नामक पार्टी मूलतः कुनै छिमेकीको उक्साहटमा चल्नु झनै हानिकारक छ । मुलुक सुहाउँदो राजनीतिले मात्र स्वावलम्बी हुन सिकाउँछ । कर्मशील हुन सिकाउँछ । गरिखान, कर्मठ हुन प्रेरणा र मार्गदर्शन गर्छ । कसैको राजनीतिक हलि बन्नु व्यक्तिगत लाभ र स्वार्थबाहेक केही होइन । उहिले मेरा बाजेले घिउ खाएका थिए, मेरो हात सँुघ भन्ने मालिक्याइँ राजनीति अब थोत्रा भइसके । तिम्रा ताकतमा चाहे जतिसुकै पायन लगाऊ लिङदेनजी धर्मनिरपेक्ष मुलुकलाई फेरि हिन्दु अधिराज्य बनाउन सक्ने छैनौ । जनतालाई स्विकार गर्ने छैनन् ।
(भगवान चाम्लिङ, जसपा केन्द्रीय सदस्य तथा प्रवास सह–इन्चार्ज हुनुहुन्छ । प्रस्तुत विचार उहाँका निजी हुन् । सम्पादक)