खोटाङमा चार दलीय गठबन्धन मिलेरै जाने सहमति

खोटाङमा चार दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा एकजुट हुने सहमति गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुले हिजो राति साढे ११ बजे स्थानीय निर्वाचनमा मिलेरै जाने सहमति गरेका हुन् ।

तर, दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा कुनकुन पालिकामा कसकसको उम्मेदवार रहने भन्ने सार्वजनिक गरिएको छैन ।

जसपाका केन्द्रीय सदस्य सनबहादुर राईले राजनीतिक उपलब्धीहरुको रक्षा र स्थिरताका लागि सहअस्तित्व र सहकार्यको आवश्यकता परेकोले खोटाङमा चार दलीय गठबन्धनबीच स्थानीय निर्वाचनमा एकजुट हुने सहमित बनेको बताए ।

यसबारे थप छलफल गरी निर्णय लिन आज पनि गठबन्धनको बैठक बस्दैछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्