सुनसरी १ मा गठबन्धनका उम्मेदवार मेन्याङ्बोको अग्रता

सुनसरी क्षेत्र नं १ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोले एमाले–जसपाका उम्मेदवार अशोक राईलाई ५६० मतले पछाडि पारेका छन् ।

निर्वाचन आयोगका अनुसार धरान उपमहानगरपालिकाको वडा नं १ देखि ५ सम्मको कूल १०४०७ मत गणना हुँदा मेन्याङ्बोले २४६३ मत ल्याएका छन् भने राईले १९०३ मत ल्याएका छन् ।

मेन्याङ्बोको चुनाव चिन्ह हसिया हथौडा हो भने राईको चिन्ह छाता हो । मत परिणाम अनुसार छाताले हसिया हथौडालाई पछ्याइरहेको छ भने हसिया हथौडाले मतान्तर बढाउँदै गएको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १८४८ मत ल्याएकी छन् भने राष्ट्रि«य प्रजातन्त्र पार्टीका अशोककुमार राईले ११८४ मत ल्याएका छन् ।

नेकपा एमालेबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार मेन्याङ्बोले खरायो चिन्हबाट १३०१ मत ल्याएका छन् ।

सुनसरी क्षेत्र नं १ मा धरान उपमहानगरका २०, बराहक्षेत्र नगरका ५ र रामधुनी नगरका २ गरी कूल २७ वटा वडा छन् ।
हाल धरानको वडा नं १ देखि ५ सम्मको मात्रै परिणाम आएको हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्