नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशभर भएका ६ वटा महानगरपालिकामध्ये तीनवटा कांग्रेसलाई छोडेर बाँकी तीनवटा तीन दलले लिने गरी सहमतिको प्रयास भइरहेको बताएका छन् ।
आज पत्रकार सम्मेलन गरेर अध्यक्ष दाहालले स्थानीय निर्वाचनको विषयलाई लिएर भइरहेको छलफलबारे जानकारी गराएका हुन् ।
उनले महानगरपालिकामा जसरी नै उपमहानगरपालिकामा पनि समझदारी गर्ने प्रयास भइरहेको बताए ।
उनले पहिले माओवादीले जितेको भएकोले सजिलो हुने भन्दै आफूहरुले चितवनको भरतपुर महागरपालिकामा दाबी गरेको बताए ।
सो क्रममा उनले निर्वाचन वैशाख ३० गते नै हुने कुनै पनि हालतमा नसर्ने बताए । उनले निर्वाचनमा तालमेलका बारेमा आज बेलुकासम्ममा सहमति हुने बताए ।
सहमति नभएको अवस्थामा एक्लै चुनाव लड्नका लागि पनि आफूहरुले तीन महिनादेखि नै तयारी गरेको उनले बताए ।
