खोटाङस्थित साकेला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रविप्रकाश राई निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार अर्जुनकुमार खड्का (झङ्कार)लाई ७८ मतको अन्तरले पराजित गरी राई अध्यक्षमा निर्वाचित भएका हुन् ।
राईले १८५० मत प्राप्त गरे भने खड्काले १७७२ मत प्राप्त गरे । नेकपा एमालेका गोपीकृष्ण खड्काले ९६७ मत प्राप्त गरे ।
उपाध्यक्षमा माओवादीकी बिर्सिका राई निर्वाचित भएकी छन् । उनले २०१२ मत प्राप्त गरिन् भने कांग्रेसकी सरिता खड्काले १२२४ मत प्राप्त गरिन् ।
एमालेकी दिलकुमारी राईले ९८६ मत प्राप्त गरिन् ।
यसैगरी उपाध्यक्षमै जनता समाजवादी पार्टीका जयकुमार राईको २१४ मत प्राप्त गरे ।
माओवादीका उम्मेदवार खड्का २०७४ सालको चुनावमा निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।
माओवादीले निर्वाचित जनप्रतिनिधिलाई पुनः उम्मेदवार नबनाउने उम्मेदवार छनोटको मापदण्ड बनाएको भए पनि उनी पुनः जित्ने अपेक्षासहित निर्वाचन लडेका थिए ।
तर, किरात राईहरुको बाहुल्यता भएको साकेलामा माओवादी र एमालेबाट खस–आर्य र कांग्रेसबाट जनजाति उम्मेदवार बनेकाले राई उम्मेदवारले जित्न सक्ने विश्लेषण गरिएको थियो ।
वडामा
वडा नं १ बाझेच्यानडाँडा
कांग्रेस, हेमन राई ४७२
माओवादी, उदय राई ३९१
एमाले, शिवकुमार बस्नेत ३१२
वडा नं २ रतन्छा
एमाले, जितेन्द्रकुमार राई ३३०
माओवादी, गौतम राई ३०९
जसपा, थरेन्द्रकुमार राई २२९
कांग्रेस, राजेन्द्र राई १७६
राप्रपा, जङ्गकुमार राई ३
वडा नं ३ खिदिमा
माओवादी, गोविन्द तामाङ ४९६
कांग्रेस, समराज राई, २४५
एमाले, यामबहादुर तामाङ १११
वडा नं ४ नौलाखर्क
माओवादी, अर्जुनकुमार कटवाल ३५१
कांग्रेस, जगबहादुर श्रेष्ठ २४९
एमाले, यामकुमार खड्का २२०
वडा नं ५ मात्तिम
कांग्रेस, जीवन न्यौपाने १९७
माओवादी, सन्तोष राई १७३
एमाले, हिराकाजी राई १५६
नेकपा एकीकृत समाजवादी, सुदीप राई ९२
राप्रपा, रामचन्द्र राई २७ ।