ओखलढुंगाकाे खिजीदेम्बा गाउँपालिकाले मातृभाषा सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।
१५औं गणतन्त्र दिवसकाे अवसरमा नवनिर्वाचित गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले विभिन्न जातजातिकाे मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरिएकाे बताए ।
वडाहरुमा सुनुवार, तामाङ र शेर्पा भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग अनिवार्य गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण पुरीले बताए ।
शेर्पा जनता समाजवादी पार्टीबाट निर्वाचित अध्यक्ष हुन् ।
निर्णय हाेइन । घाेषणा मात्र हाे । अब कार्यपालिकाले निर्णय गर्ने हाे । भएकाे छैन ।