सरकारले ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई असार ९ गतेबाट कोरोनाविरुद्धको खोप लगाउने भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दुई चरणमा खोप लगाइनेछ ।
सरकारले पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो चरणको खाेप लगाइनेछ ।
बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो चरणको खोप लगाइनेछ ।
