जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लाेकतान्त्रिक समाजवादी पार्टी गठबन्धन सरकारमा सहभागी भए स्वागत गरिने बताएका छन् ।

बुधबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले साे कुरा बताएका हुन् ।

उनले भनेफ ‘एक हातले ताली बज्दैन, दुबै हातले बज्छ । हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’

साे क्रममा उनले आफू गठबन्धनकाे पक्षमा रहेकाे पनि बताए । उनले भने, ‘हामी चाहन्छौं गठबन्धन नियमित अघि बढोस् । भलै कुनै पार्टीलाई कतै नोक्सान त कदै फाइदा पनि हुन्छ ।’

यादवले लाेसपाले विगतमा भएको पार्टी फुटको समिक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको पनि बताए ।