धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिने जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गरिने छ । हामी गृहकार्यमा जुट्दैछौँ ।’
राष्ट्रिय आविष्कार केन्द्र वैज्ञानिक महावीर पुनको नेतृत्वमा २०७६ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सञ्चालनमा आएको हो ।
जसले वैज्ञानिक, स्टार्टअपसहित उद्यमशीलताको क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्दै आएको छ ।
