गीतकार टीका चाम्लिङकाे ‘ओ नाना ताया’ सार्वजनिक (भिडियाेसहित)

गीतकार टीका चाम्लिङकाे रचनामा ‘ओ नाना ताया’ बोलको गीतकाे म्युजिक भिडियो सर्वाजनिक भएको छ ।

राई नवीनकाे संगीत र सुन्दर रोदुङकाे स्वरमा रहेकाे गीतको भिडियो केही दिनअघि आदिम आवाज अनलाइन टिभी च्यानलबाट सार्वजनिक गरिएकाे हाे ।

खोटाङकाे नुनथला क्षेत्रमा छायांकन गरिएकाे उक्त गीतमा नेपालकाे दशवर्षे सशस्त्र जनयुद्धमा एक सामान्य परिवारले भोग्नु परेको अवस्था देखाइएकाे छ ।

सेवा डिजिटल रेकर्डिङ स्टुडियाे अनामनगरमा रेकर्ड गरिएकाे गीतकाे भिडियाेमा प्रमिला राई, इसम्बु चाम्लिङ राई, सुम्निमा चाम्लिङ राई, कुमार राई, रोशनकिशोर राई, मनोज तामाङ, पवित्रा राई, विनोद राई, नितेश राई, नीलम राई, प्रीतिका राई, मनिका तामाङ र बालकलाकारकाे रुपमा नाकिमा चाम्लिङ राईले अभिनय गरेका छन् ।

सबै कलाकारहरुले पहिलाेपटक भिडियाेमा अभिनय गरेका हुन् । भिडियाेमा गीतकार चाम्लिङले पनि अभिनय गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img