डोटी, पुर्बिचौकी गाउँपालिका पुडासैनमा बर्सौदेखि दलित र गैरदलितको धारा छुट्टाछुट्टै छ ।
गैरदलितले छोडेको पानी दलितले तल्लो छुट्टै धारामा पिउछन् ।
फोटोमा देखिने (परियार) दाइ जहाँ उनी त्यही गाउँमा भएर पनि ४८ बर्षदेखि यो गैरदलितले प्रयोग गर्ने धारा छुन पाएका थिएनन् ।
जब हामी पुग्यौ ४८ बर्षपछि यो धारा छोएर पानी पिए । त्यहाँको दलितहरुको आफ्नो नाममा जग्गा र लालपुर्जा छैन ।
घर घरमा सिंहदरबार भन्ने नेताका नारा कहाँसम्म पुग्यो होलान् ? विभेद छैन भन्नेहरु यो दृश्य र घटनालाई कसरी लिन्छन् होला ?
(सारु सुनारकाे फेसबुकबाट । सुनार दलित अधिकारकर्मी हुन् ।)