ब्राह्मणहरुकाे नजिक दलितले घर बनाएकाे भन्दै भत्काइयाे निर्माणाधीन घर

तीन जना पक्राउ

बझाङ । ब्राह्मणहरुकाे घर नजिक दलितले घर निर्माण गरेको भन्दै दलितकाे निर्माणाधीन घर भत्काइयो छ ।

बझाङकाे बित्थडचिर गाउँपालिका वडा नं ७ स्यालढुंगामा दलितले ब्राह्मणकाे घर नजिक घर निर्माण गरेको भन्दै निर्माणाधीन घर भत्काइएकाे हाे ।

तीन दर्जन भन्दा बढी गैरदलितहरुले निर्माणाधीन पुड्के ओखेडाको घर भत्काइदिएका हुन् ।

दलितले आफूभन्दा माथि घर बनाएर बस्न लागेको भन्दै घर भत्काएको पीडित पुड्के ओखेडाले बताए ।

गत बुधवार बिहान ११ बजेको समयमा निर्माण भइरहेको घरमा साेही गाउँका ब्राह्मणहरुले घर भत्काएको पीडित पुड्के ओखेडाकाे भनाइ छ ।

‘मैले विगत २५ वर्षदेखि भोग चलन गर्दै आएको छु । मैले अर्को मान्छेबाट जग्गा किनेको हो । अहिले घर लगाउन सुरु गरेको थिए,’ उनले भने, ‘गाउँमा रहेका ब्राह्मणहरु आएर तँ डुम दलित हामी भन्दा माथि हुनै सक्दैन । तँलाई यहाँ बस्ने अधिकार छैन भन्दै भत्काइदिए ।’

उक्त घटनाकाे भिडियो हाल सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

ओखेडाको घर कृष्ण जोशी, भवानी जोशी र कित्थे जोशीको नेतृत्वमा ३०/४० जनाको टोलीले भत्काइदिएको पीडित पुट्केका छोरा करनले बताए ।

निर्माणाधीन घर भत्काइएकाेबारे जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेकाे छ । हालसम्म तीन जनालाई अनुसन्धानको लागि हिरासतमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । थाहायात्रा डटकमबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्