सत्तारुढ दल नै रहेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले इन्धनको मूल्यवृद्धिले जनताको ढाड भाँचिदै गर्दा सरकारले पहल नगरेको बताएका छन् ।

उनले दल र नेताहरु सत्ता गठबन्धनमा लिप्त हुँदा अर्थतन्त्र कमजोर भएर मूल्यवृद्धि भएको पनि उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले बुधबार ट्वीट गर्दै महँगीले जनताको ढाड भाँचिदै गर्दा खै सरकारले पहल गरेको ? भन्दै प्रश्न गरेका छन् ।