नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् ।

आजकाे प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएकाे बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताए ।

सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दबाब दिए ।

यसैगरी, नगरकोट र दुवाकोट सडक समयमा पुनर्निर्माण र कालोपत्रे समयमै नहुँदा स्थानीय जनता र पर्यटकलाई कठिन भइरहेको सदनलाई जानकारी दिए ।