काठमाडाैं । नेपाल चलचित्र कलाकार संघको आगामी चैत ४ गते हुन गइरहेको १९औं अधिवेशन तथा कार्यसमितिको निर्वाचनको लागि कलाकार डिबी बम्जनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।
कलाकारको हक हितको निम्ति निरन्तर अग्रसर बम्जन एक दशक भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा सकृय छन् ।
बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्यसमितिको पदावधी चैत ४ गते समाप्त हुने भएकाेले सोही दिन अधिवेशन गर्ने निर्णय गरेकाे छ ।