Sunday, April 2, 2023

यमन माझीलाई सर्वाेत्कृष्ट गायक अवार्डबाट सम्मान

काठमाडाैं । बहुप्रतिभाका धनी गायक एवं नायक यमन माझी सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन् ।

मनास्लु मिडिया प्रा.लि.द्वारा सञ्चालित मनास्लु पोष्ट डटकमकाे छैठाैं वार्षिकाेत्सवमा अयोजना गरिएकाे छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्रका साथै माझी जातीय पहिचानको लागि लामो समयदेखि पुर्‍याएकाे योगदानको उच्च कदर गर्दै सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डमार्फत प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको हो ।

यमनले अवार्ड प्राप्त गरिसकेपछि आफूलाई थप हौसला मिलेको बताए । उनले आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन आफैले केही पाठ्यक्रम बनाइ काठमाडौं तथा गाँउ बस्तीमा समेत भाषा सिकाएका थिए ।

सबै क्षेत्रमा उत्तिकै पोख्त उनले आफ्नो समुदायको उत्थानका निम्ति गीत संगीत, फिल्म, डकुमेन्ट्री समेत निर्माण गरेका छन् ।

कार्यक्रम गत शनिबार काठमाडाैंकाे राष्ट्रिय नाचघरमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्