न डस न हो कोब्राहरु
भालु स्यालका नङ्ग्रा देखाएर नकोतर न
जतिसुकै चिथोर्न खोजे पनि
अब तिमीलाई हाम्रो समाजले
छेपारा मलस्याप्रा
घोषित गरिसकेको छ
आदि ईत्यादिले अब हामीलाई छुने हाेइन
धोकेबाजको चतुर्याइँले हामीलाई छेक्ने छैन
भिडबाट बुलन्द आवज हाेइन
भयङ्कर आगाेका लप्काहरु निस्किरहेछ
र विराटनगरको बिराट
बिरामी सरकारको
कार्यलयतिर सोझिरहेछ
यो गर्मी मौसममा सल्कदै
कतिखेर जोगबनी कलकत्ता कट्छ
थाहा छ कि छैन
जसको निर्देशनमा यो भइरहेछ
हामी सल्कदै फेद सम्मै पुग्न चाहान्छौं
र जलाएर खरानी बनाउने छौं
र यो खडेरीको मौकामा जसरी
पहिचानवाला आगो डुलिरहेछ
हावाहरुले साथ दिइरहेछ
घामको तापले सुकौरो बनाउन साथ निभाइरहेछ
त्यो ज्वाला सप्तकोशीको पानीले निभाउने छैन
रातारात बनेको भनिएका एक अञ्जुली
समुन्द्रहरुले भ्याउने छैन
र अनन्त सभ्यताको प्रगतिमा रोकावट
कुनै पनि हालतमा आउने छैन
आगो जुन आशनबाट निस्किन्छ
उ सँग खेलाची नठान
अपत्यारिलो हुन्छ तर
पत्थरहरु भित्र भित्र सम्म बाँचिरहेको हुन्छ
आगो ढुङ्गाको नशा हो
फोक्सो, कलेजो, मुटु हो
नशा नशा भएर उसको रक्त संचार हुन्छ
आम मस्तिष्क आगोबाटै बन्छ
र जस्तैः ठण्डाहरुले मार्न सक्दैन
मानिसको चेतना त्यस्तै हो
त्यो ढुङ्गा पन्छाए जस्तो हुँदैन
ढुङ्गा भित्रको आगो
पटक्क निभ्दैन
यसर्थ भिडबाट आवाज हैन
आगो निस्किरहेछ
बीभत्स बिभाजन गर्न खोजिएको सभ्याता बोकेर
पहिचानको हत्केलाले
त्यहीँ ढुङ्गाहरु रगटिरहेछ
ओ शासक तिम्रो त्यो अध्यारो कुत्सित
मनोसायको सिकार
हाम्रा आवजहरुलाई बनाउन नखोज
यस्तो अवस्थाबारे अझ गम्भीर भएर
सोच्न बाध्य नपारियोस् ।
-साेनाम सज्जन किराँती