काठमाडाैँ । प्रसिद्ध नेपाली रकगायक रविन तामाङको काठमाडौं बुढानीलकण्ठस्थित घरमा निधन भएको छ ।

दिदी भगवती तामाङले सञ्चारमाध्यमलाई बताएअनुसार मंगलबार साँझ उनको निधन भएको हो ।

प्रहरी प्रभाग बुढानिलकण्ठले ६ बजे निधनको खबर आएपछि बुढानिलकण्ठ–५ चिसेनीस्थित गायक तथा अभिनेता तामाङको घर पुगेको जनाएको छ ।

सबै प्रक्रियापछि उनको शव मंगलबार नै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

लाहुरे परिवारका सिंगापुर जन्मिएका तामाङ अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए ।