बलिउड स्टार शाहरुख खानको फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएका छन् ।
यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई ‘वाई प्लस’ श्रेणीको सुरक्षा दिएको छ ।
यो श्रेणीको सुरक्षा अन्तर्गत ६ व्यक्तिगत सुरक्षा अधिकारी र ५ हतियारसहितका पुलिस शाहरुखसँग २४ घण्टा रहने छन् ।
अहिलेसम्म शाहरुखको सुरक्षाका लागि मुम्बई पुलिसका दुई जना कन्स्टेबल हरेक पल साथमा थिए ।
मुम्बई प्रहरीले महाराष्ट्रका सबै पुलिस अधिकारीलाई सूचना जारी गर्दै सबै इकाइ कमाण्डरलाई शाहरुखको भ्रमण र संलग्नताक्षेत्राधिकारहरूलाई एक अधिसूचना जारी गरेको छ ।
जसमा सबै इकाई कमाण्डरहरूलाई शाहरुख खानको भ्रमण र सहभागी हुने ठाउँमा तत्काल वाइ प्लसको सुरक्षा प्रदान गर्न भनिएको छ ।
यी प्रहरी कमाण्डोसँग एमपी-फाइभ मेसिन गन, एके-४७ असल्ट राइफल र ग्ल्याक पेस्तोल पनि साथमा हुनेछन् ।
प्रहरीका अनुसार शाहरुखको बंगलामा चार सशष्त्र सुरक्षाकर्मीको हरेक समय उपस्थिती हुनेछ ।