खाेटाङका कवि बम बानियाँ र चित्रकार सन्जोस राई पुरस्कृत

खोटाङका कवि बम बानियाँ र चित्रकार सन्जोस राई पुरस्कृत भएका छन् ।

टेम्के तुवाचुङ प्रतिष्ठानले शनिबार दिक्तेलकाे मुढेस्थित मुन्दुम रिसोर्टमा एक कार्यक्रमकाे आयोजना गरी बानियाँ र राईलाई जनही ११ हजार १११ रुपैयाँको ‘टेम्के तुवाचुङ पुरस्कार’ प्रदान गरेको हो ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईमार्फत उनीहरुलाई ताम्रपत्रसहित पुस्कार प्रदान गरिएको थियाे ।

दिक्तेल रुपाकाेट मझुवागढी-१० पाथेकाका कवि बानियाँकाे २०६८ सालमा ‘जागै छन् शब्दहरु’ र २०७३ सालमा ‘मान्छे जोत्ने शहर’ कविता संग्रह प्रकाशित भएकाे थियाे ।

दिक्तेल रुपाकाेट मझुवागढी-१४ बुइपाका चित्रकार राईले हाल ललितकलामा एमफिल गरिरहेका छन् ।

उनी निसर्ग वाटिका र पाठशाला नेपाल फाउन्डेसनमा प्रशिक्षककाे रुपमा कार्यरत छन् ।

प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले साहित्यबाट जिल्लालाई योगदान पुर्‍याएकाेमा बानियाँ र ललितकलामा उच्चशिक्षा हासिल गर्दै खोटाङको कला-संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएकाेमा राईलाई पुरस्कार प्रदान गरिएको बताए ।

कार्यक्रममा स्रष्टा पदयात्राका स्रष्टाहरुले कविता सुनाएका थिए भने साइनो कला केन्द्रका कलाकारहरुले सांस्कृतिक प्रस्तुति गरेका थिए ।

प्रतिष्ठानले जिल्लाको कला, संस्कृति, संगीत, साहित्य, खेलकुद लगायत क्षेत्रमा योगदान पुर्‍याउने उत्कृष्ट व्यक्तिलाई हरेक वर्ष ‘टेम्के तुवाचुङ पुरस्कार प्रदान’ गर्दै आएको छ ।

प्रतिष्ठानले हङकङमा बसोबास गरिरहेका साहित्यकारहरुको पहलमा २०७० सालमा स्थापना गरिएको अक्षयकोषबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

अक्षयकोषमा ८ लाख रुपैयाँ जम्मा भइसकेकाे अध्यक्ष एक्लेले जनाए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्