सातै प्रदेशका कलाकारहरुको स्वरमा नयाँ राष्ट्रिय गीत ‘मेरो प्यारो नेपाल’ सार्वजनिक

कलाकार मनबहादुर पुनद्वारा रचना तथा संगीतबद्ध राष्ट्रिय गीत ‘मेरो प्यारो नेपाल’ सार्वजनिक गरिएको छ । भिडियो समेत निर्माण गरिएको यस गीतमा नेपालको सात प्रदेशकै कलाकारहरुले स्वर दिएका छन् ।

सात प्रदेशका विभिन्न जाति र समुदायका कलाकारले एकसाथ रेकर्ड गराएको राष्ट्रिय गीत सम्भवतः यो नै पहिलो हो ।

प्रदेश १ बाट विन्दु राई र पासाङ ल्यामु शेर्पा, प्रदेश २ बाट सरोज खिलाडी, अञ्जली पटेल, रिजवान खान, तनुजा चौरसिया, वागमती प्रदेशबाट सुर्य पुर्वछाने मगर, जानुका तामाङ, वर्षा सिलवाल, यमन माझी, गण्डकी प्रदेशबाट लक्षप्रकाश मल्ल, बबिता गुरुङ, रामप्रसाद पाठक, सुजन बराइली, लुम्बिनी प्रदेशबाट मनबहादुर पुन, राजकुमार रायमाझी, गायत्री राना मगर, देवीराम राना मगर, भुमसरी पुन, कर्णाली प्रदेशबाट सुरेश शाही, भरत परिवार र सुदुरपश्चिम प्रदेशबाट निरुता खत्रीले स्वर दिएकी छन् ।

म्युजिक बैंक नेपाल अनामनगर काठमाडौंमा रेकर्ड गरिएको यो गीत ‘मनास्लु टिभी’बाट आज सार्वजनिक गरिएको हो ।

यस गीतको एरेन्ज लक्षुप्रकाश मल्ले गरेका हुन् भने रेकर्डिङ तथा मिक्सिङ विजय बुढा मगर, छायांकन वाङछु शेर्पा र निर्देशन तथा सम्पादन मनबहादुर पुनले गरेका हुन् ।

राजकुमार रायमाझी निर्माण नियन्त्रक रहेको यस गीतको वितरक भने मनास्लु मिडिया प्रा.ली. रहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्